काठमाडौँ ।
जि.डब्लु.एम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एम बिक्री पछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ ।
कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित निर्माण गरिएको हो । बिक्री पछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५,००० वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रति महिना ६०० सवारी साधनहरुको दु्रत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् ।
जि.डब्लु.एमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लािग यो सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित छ । सुवधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।
जि.डब्लु.एम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भन्नुभयो “तपाईहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ जसको हाम्रा प्रशिीक्षत प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवा मार्फत सेवा प्रदान गर्नेछौँ । हामीले यस सेवा मार्फत तपाईको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ ।
तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनुहुने छ” ।
जि.डब्लु.एम सर्भिसका उपमहाप्रबन्धक अजित पटेल भन्नुभयो “हामीसँग जि.डब्लु. एमको सबै जि.डब्लु.एम दायराका सवारी साधनहरु ह्यान्डल गर्न सक्षम जि.डब्लु. एमको विश्वस्तरीय सुविधा छ । हामी नवीनतम डायग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्दैछौँ ताकी तपाईको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस् र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविक अवस्थामा चलोस् । हामी व्यक्तिगतकृत सेवा अनुभव प्रदान गर्दछौँ ।
तालिका निर्धारित अन्तराल सेवाहरु, दु्रत सेवाहरु र बिदा भ्रमणहरुमा बाहिर जानु अघि विशेष जाँचहरु रहेका छन् तपाईसँग व्यक्तिगतकृत र तपाईहरुप्रति समर्पित उच्च स्तरका सेवा प्राप्त बताउनुभयो । जि.डब्लु.एम–नेपालले हाल नेपालमा अहिलेसम्म एच् ६, जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरू बिक्री भरिरहेको छ ।
जि.डब्लु.एम–नेपालले जि.डब्लु.एम नयाँ पुस्ताका उपभोक्ताहरूलाई सबैभन्दा भरपर्दो स्रोत विद्युतीय सवारी साधन र ड्राइभिङ अनुभवको अपेक्षा नेपालमा ओरा गुड क्याट ईभी पनि ल्याउने योजना बनाएको छ ।
जि.डब्लु.एम को बारेमा
ग्रेट वाल मोटर ( जि.डब्लु.एम चीनमा आधारित एक विश्व प्रसिद्ध एस्यूभी र पिकअप निर्माता कम्पनी हो । जि.डब्लु.एम सँग हाल चार ब्रान्डहरू छन्, जुन हाभल, वे, ओरा र जि.डब्लु. एम पीकअप हुन ।
चिनियाँ बजारमा, एस्यूभीएस् र पीकअप्स धेरै वर्षदेखि लगातार बिक्रीको नेतृत्व गर्दै आएका छन । यसबाहेक, अन्तर्राष्ट्रिय स्तरमा, जि.डब्लु.एम विश्वव्यापी रूपमा जाने पहिलो चिनियाँ अटो उद्यमहरू मध्ये एक हो । जि.डब्लु.एम ले एस्यूभी र पिकअप सहित १९९८ मा सवारी साधनहरू निर्यात गर्न थाले। हालसम्म ६० भन्दा बढी देश र क्षेत्रहरूमा बजार लेआउट पूरा भइसकेको छ ।
२०१८ को अन्त्य सम्म, जि.डब्लु.एम सँग रुस, दक्षिण अफ्रिका, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका, दक्षिण अमेरिका र एशिया प्रशान्त जस्ता क्षेत्रीय बजारहरू कभर गर्ने ४०० भन्दा बढी विदेशी नेटवर्कहरू बनाएका थिए र कुल विदेशी बिक्री ६००,००० ईकाइहरू भन्दा बढी रहेका थिए ।जि.डब्लु.एम विश्वव्यापी मोटर वाहन नेतृत्व लिन तयार छ । २०२५ सम्ममा विश्व बजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै, ग्रेट वाल मोटरले आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ–ऊर्जाका सवारी साधनको हुने अपेक्षा गरेको छ ।
प्रतिक्रिया