लाटीनाथलाई जापानले दियो भवन उपहार



काठमाडौं ।

जापानले दार्चुला जिल्लामा रहेको लाटीनाथ माध्यमिक विद्यालयमा व्यावसायिक तालिम सेन्टर निर्माण गरी बुधबार विद्यालयलाई हस्तान्तरण गरेको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार ८३ हजार अमेरिकी डलर बराबरको सहयोगमा निर्मित तालिम भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । जापानको त्रिणमूल मानव सुरक्षा परियोजनाअन्तर्गत नेपाललाई यो सहयोग प्राप्त भएको हो ।

भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै जापानी राजदूतावासका चार्ज डेयफियर्स तामुरा ताकाहिरोले यस परियोजनामा सहभागी सबैमा आभार प्रकट गर्दै व्यावसायिक तालिमका लागि निर्मित भवनबाट स्थानीयले पर्याप्त लाभ लिनसक्ने विश्वास प्रकट गर्नुभयो ।जापानले नेपाललाई १२० वर्षअघि पहिलोपटक नेपालबाट जापान पढ्नजाने विद्यार्थीको यात्राका साथ दुई देशबीच सम्बन्ध विस्तार भएको स्मरण गर्दै विकास निर्माणमा सहयोग पु-याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्