गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकको मृत्यु



काठमाडौं ।

पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । आज बागमती गाउँपालिका-४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती-१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौंजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्