गोसाईंकुण्ड गाउँपालिकालाई भारत सरकारद्वारा एम्बुलेन्स प्रदान 



रसुवा । 
भारत सरकारले अनुदान सहायताअन्तर्गत हिमाली  जिल्ला रसुवाको गोसाईंकुण्ड गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिएको हो ।

गोसाईंकुण्ड गाउँपालिकाभित्र कोही बिरामी भइहाले कतै भनिरहनु नपर्ने  भएकाले एक एम्बुलेन्स आवश्यकता रहेको महसुल भएकाले पनि अथाह प्रयासपछि भारत सरकारले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको गा,पा अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिनुभयो ।

प्राप्त भएको एम्बुलेन्स नेपाली बजारमा २० लाख मूल्य पर्छ । विशुद्ध बिरामी मात्रै बोक्न प्रयोग गरिने छ । अध्यक्ष  तामाङ, उपाध्यक्ष प्रतिमा स्याङवाको टोलीले साँचो वुझेपछि अलिकति भएपनि जनतासकाे दु:खलाई सुखमा वदलेका छौ ।जनताको दु:ख नै हाम्रो हो र यसरी नै साथ दिने वताउनुभयाे  ।

प्रतिक्रिया दिनुहोस्