कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

470
Shares

काठमाडौं ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ‘चट्याङ पर्दा खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हाे ।

त्यसैगरी सोही नगरपालिका–८ की २५ वर्षीया शारदा थापाको पनि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार थापाको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको हो। थापासँगै रहेका अर्का एक व्यक्ति सामान्य घाइते भएका छन्। घटनाबारे विस्तृतमा आउन बाँकी छ ।