अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित



काठमाडाैं ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् ।

अमेरिका भ्रमण, एसपिपीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवालाई समितिले आजको बैठकमा बोलाएको थियो ।
तर प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन् ।

आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्