तुलसीपुरमा युवाको पहलमा ४६ जनाले रक्तदान गरे


तुलसीपुर ।

तुलसीपुर नगर स्तरीय युवा सञ्जालले रक्तदान तथा फलफूल वितरण कार्यक्रम गरेको छ । संजालले रगतको मागलाई सहज बनाउनका लागि रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा रक्त संचार केन्द्र तुलसीपुरमा गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको संजालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो । सन्दीप धिताल, दिपक काफ्ले, बसन्त राना, रविना विक, रोमहर्ष केसी लगायतले रक्तदान गर्नुभएको हो ।उहाँका अनुसार संजालले राप्ती प्रादेशिक अस्पतालमा बिरामी तथा बिरामीका आफन्तलाई फलफूल वितरण गरेको छ ।

विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगमा रक्तदान एवं फलफुल वितरण कार्यक्रम गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । नगर स्तरीय युवा सञ्जनका अध्यक्ष गणेश भण्डारी (ओद) को अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगरप्रमुख टिकाराम खड्कको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले युवाको कामले समाजलाई सकारात्मक बाटोमा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले रगतको अभावलाई सहज बनाउन नगरस्तरिय युवा संजालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख स्यानी चौधरी, नगरका प्रवक्ता माधव वली, नगरका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, तुलसीपुर–६ का निवर्तमान वडा अध्यक्ष नवराज लामीछाने, रेडक्रस पवननगर सभापति दोर्ण वली, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा र मोहन बिकको सहभागीता रहेको थियो । नगर स्तरीय युवा सञ्जाल तुलसीपुरको आयोजना एवं जिल्ला युवा समिति दाङको सहकार्य तथा तुलसीपुर उपमहानगरको समन्वयमा कार्यक्रम भएको हो ।