एसओएस बालग्रामका बालबालिकाहरुलाई ‘एसोएस ह्याकाथुन’



काभ्रे ।

एसोएस बालग्राममा अध्ययनरत कक्षा ८,९ र १० का बालबालिकाहरुलाई ‘एसओएस ह्याकाथुन’ मार्फत साईबर सुरक्षा, अवसर र चुनौतीका विषयमा जनचेतनामुलक जानकारीका साथै साईबर सुरक्षा सम्वन्धी तालिम उपलब्ध गराईएको छ ।‘मोवाईल तथा कम्प्युटरमा प्रयोग गरिएका सामाजिक सञ्जालबाट सुरक्षित रहन तालिम महत्वपूर्ण रह्यो’–प्रतिस्पर्धामा प्रथम भएकी रक्षा थापाले भन्नुभयो–‘यस्ता तालिमले हामी र हामी मार्फत धेरै बालबालिकाहरुलाई बुझाउन सकिनेछ ।’

साईबर सुरक्षाका बारेमा जानकारी नभएका धेरै कुरा तालिम र जनचेतनामुलक कार्यक्रबाट उपलब्ध भएको विद्यार्थी आस्था कोँजुले बताउनु भयो । ‘आईटी सम्वन्धी सामान्य जानकारी भए पनि यहि विषयमा अध्ययन गर्ने सोच थिएन’–विद्यार्थी आस्था कोँजुले भन्नुभयो–‘अब आईटीबाटै शैक्षिक क्यारियर बनाउने सोच विकास भयो ।’ सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) नामक संस्थाको आयोजनामा भएको उक्त कार्यक्रमलाई एसओएस बालग्राम श्रीखण्डपुरले ब्यवस्थापन गरेको थियो भने दुरसञ्चार प्राधिकरणले सहयोग गरेको थियो । बग्भी सफटवेयर प्रालीले साईबर ह्याक सम्वन्धी तालिम उपलब्ध गराएको थियो । मोनाटेक प्रालीले साईबर अपराध, सुरक्षा र चुनौतीका सन्र्दभमा जनचेतनामुलक जानकारी गराएको थियो ।

सहभागि मध्ये कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु साहारा केसी र रक्षा थापा प्रथम भए । उनिहरुले नगद ३ हजार पुरस्कार प्राप्त गरे । आस्था कोँजु र रेसुना श्रेष्ठ दोश्रो भए । उनिहरुलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै अक्षता काफ्ले, निकति तिमल्सिना र सम्झना रेग्मि तेश्रो भई एक हजार रुपैया नगद पुरस्कार प्राप्त गरे । सूचना प्रविधिमा महिला नामक संस्थाले बालबालिकाहरुका लागि यस्ता कार्यक्रमहरु गरिरहेका अध्यक्ष गुणकेशरी प्रधानले बताउनु भयो ।

‘बालबालिकाहरुलाई सानै देखि आईटी मैत्री बनाउने तर कसरी सुरक्षित राख्ने भन्ने विषयमा हामीले तालिमका साथै जनचेतनामुलक कार्यक्रम गरिरहेका छौं’–अध्यक्ष प्रधानले भन्नुभयो–‘विभिन्न क्षेत्रको सहयोगमा धेरै बालबालिकाहरुलाई यस सम्वन्धी जानकारी गराउने उदेश्य बोकेका छौं ।’ उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष शिला कंसाकार कार्कीले बालबािलकाहरु साईबरको गलत प्रयोगका कारण डिप्रेसन र आत्महत्या तथा लागुऔषधको कुलतमा फस्ने गरेको बताउनु भयो ।

बालबालिकाहरुलाई गलत बाटोबाट जोगाउन साईबर सुरक्षा अथार्त ह्याकाथुन कार्यक्रमलाई देशभर संचालन गर्ने गरी तयारी गरिएको कार्यकारी सदस्य रोजाकिरण बासुकलाले बताउनु भयो । तालिमका लागि बग्भी सफुटवेयरका नरेश लामगान्दे, मोनाटेक प्रालीका मोना न्याह्याच्छे र अर्जुन अर्याल लगायतले साईबर सुरक्षाका बारेमा बालबालिकाहरुलाई जानकारी गराएका थिए । विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्यले बालबालिकाहरुका लागि प्रदान गरिएको तालिम धेरै जानकारीमुलक र महत्वपूर्ण भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्