मेडिकल काउन्सिलले लिएको दर्ता प्रमाणपत्र परीक्षामा ३० देखि ३३ प्रतिशत उत्तिर्ण

0
Shares

काठमाडौँ ।

नेपाल मेडिकल काउन्सिलले यही जेठ १२, १३ र १४ गते काउन्सिलमा दर्ता हुनका लागि लिएको दर्ता प्रमाणपत्र परीक्षा १२ देखि १४ गतेसम्म लिएको ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ३० दशमलभ ८३ प्रतिशत र डेन्टल तर्फ ३३ दशमलभ ४ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएको काउन्सिलले जारी गरेको सूचनामा उल्लखे गरिएको छ ।

मेडिकलतर्फ १ हजार १ सय ५४ जना र डेन्टल तर्फ ३ सय ४२ जना परीक्षार्थीहरु परिक्षामा सहभागी भएकोमा २ जनाको परीक्षा स्थगित गरिएको र एक जनालाई परीक्षबाट निस्कासन गरिएको काउन्सिलले जनाएको छ ।

यसअघि २०७८ पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षामा ४८ दशमल्भ ७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका जनाएको छ ।

परीक्षाको नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि १ हजार ५ सय दस्तुर बुझाएर निवेदन दिनसकिने काउन्सिलले जनाएको छ । परीक्षा उत्तीर्ण भएका र एक वर्षको इन्टर्नसीपसमेत पुरा गरेकाहरुले जेठ १५ देखि ३५ दिनभित्र काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि निवेदन दिन सकिने जनाइएको छ । आवेदन गरेको मितिले १५ दिनभित्र प्रमाणपत्र तयार हुने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।