अध्यक्ष खड्का भन्छन् : अब वडा नम्बर १८ उज्यालो वडा

बेरोजगारको तथ्याङक संकलन गर्ने, जेष्ठ नागरिकलाई घरमै स्वाथ्य परीक्षण, हेल्प डेक्स सञ्चालन, ६ महिनामा परिणाम देखाउने

0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिका वडा नं १८ का नवनिर्वाचित वडाअध्यक्ष दामोदर खड्काले सो वडालाई उज्यालो वडा बनाउने घोषणा गर्नुभएको । वडा कार्यालयका पदबहालीपछि उहाँले वडाका सबै सडकमा बत्ती जडान गर्न घोषणा गर्नुभएको छ । पदबहाली लगत्तै पहिलो निर्णय गर्दै उहाँले अब सबै पोलमा बत्ती जडान गरिने बताउनुभयो ।

सोही क्रममा उहाँले एक घर दुई फलफुलको बिरुवा रोप्ने निर्णय समेत सार्वजनिक गर्नुभएको छ । फलफुलको बिरुवा सहितका हरियाली वडा बनाउने उद्देश्यका सार्थ सबै वडावासीलाई निःशुल्क रुपमा फलफुलको विरुवा दिने घोषणा गर्नुभएको हो । त्यस्तै उहाले ७५ वर्ष उमेर माथिका जेष्ठ नागरिकको घरमै पुगेर स्वाथ्य परीक्षणगर्ने, सुत्केरी भक्ता उपलब्ध गराउने, वेरोजगार युवाको तथ्याङक संकलन गरी आवश्यकताको आधारमा तालिम र रोजगारीको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षको रुपमा निर्वाचित भए लगत्तै उहाँले वडाका सबै किसिमका सिफारिस लिन आउँदा आवश्यक कागजातको निःशुल्क फोटोकपीको व्यवस्थागर्ने उद्घोष गर्नुभयो । त्यसैगरी वडामा कुनैपनि काम लिएर आएका वडावासीको सहयोगको लागि वडामा हेल्प डेक्स स्थापना गरी सबै काम सोही डेक्स मार्फत सहयोग गर्ने र हस्ताक्षर गर्ने काममात्र अध्यक्षले गर्ने जनाएको छ । शुक्रबार अध्यक्ष खड्कासहित चारजना वडासदस्यले पदबहाली गरेकै दिन प्रबितद्धता जनाउँदै आफुले घोषणा गरेको सबै कामको परिणाम ३ देखि ६ महिनाभित्र वडावासीले देख्ने ठोकुवा गर्नुभयो ।

अध्यक्ष खड्का सहित नवनिर्वाचित ४ वडा सदस्यहरु रुक्मणी महर्जन, गोपाल डंगोल, राधिका रोक्का र निरज कुँवरलाई वडाका कर्मचारीहरुको स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा अध्यक्ष खड्काले भन्नुभयो–वडाका जेष्ठ नागरिक, वुद्धीजिवी, युवाको सहभागितामा घोषणा गरेको सबै काम तत्काल शुरु गर्नेछु । उहाँले सबै निर्णय गर्दा सामुहिक र सबैको सहभागितामा हुने दाबी गर्नुभयो । जनताको समस्या समाधान गर्नको लागि आफ्नो समय खर्चिने बताउनुभयो । उहाँले भन्नुभयो–‘जनताले लगाउनुभएको ऋण उहाँहरुको सेवा गरेर पूरा गर्नेछु , मैले ५ बर्षको समय खेर नफाली वडा नं १८ लाई नमूना वडा बनाउँन हरपल लागिरहन्छु ।

उहाँले वडामा रहेका वेरोजगारलाई लक्षित गरी गरिबी निवारण र शैक्षिक कोष स्थापना गर्ने घोष्णा गर्नुभयो । भन्नुभयो–गरिबी निवारण कोषबाट तोकिएको समयमा भुक्तानी गर्नेगरी १ लाख रुपिया निब्यार्जी ऋण दिने व्यवस्था शुरु गर्नेछौ । त्यसको लागि वडाले तयार गरेको मापदण्ड पुरा गरेको हुनुपर्नेछ । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष रेश्मा थापालाई नवनिर्वाचित वडाध्यक्ष दामोदर खड्काले सम्मान सहित विदाई गर्नुभएको थियो । कार्यक्रममा बोल्दै थापाले आफ्ले पचा वर्षे कार्यकालमा वडावासीको सेवा गनेृ सुनौलो अवसर पाएको बताउनुभयो ।