रुपन्देहीको तिलोत्तमाका मेयर खाँणको पहिलो निर्णय : विद्यार्थीलाई खाजामा १० रुपैयाँ थप

0
Shares

बुटवल । 

तिलोत्तमा नगरपालिकाका नव निर्वाचित मेयर रामकृष्ण खाँणले पदभार ग्रहण गर्नु भएको छ् । चुनावी घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पताल बनाउने घोषणा गरेका खाँणले सोही भवनको निवर्तमान मेयर बासुदेव घिमिरेको कार्यकक्षमा पदभार ग्रहण गर्नु भएको हो ।

उहाँले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजामा प्रति विद्यार्थी १० रुपैयाँ थपेर दिने पहिलो निर्णय गरेर काम शुरु गर्नु भयो । हाल संघीय सरकारले दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैया अनुदान दिँदै आएको छ ।

संघीय सरकारले दिने दिवा खाजाको रकम अलि कम भएकाले १० रुपैयाँ नगरपालिकाको वजेटबाट थपेर २५ पु-याउने निर्णय गरेको मेयर खाँणले बताउनु भयो । यसले विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै पक्षलाई सहयोग गर्नेछ बताईएको छ ।

शुक्रबार नै उपमेयर जगेश्वरी चौधरीले पनि पदभार ग्रहण गर्नु भएको छ् । शुक्रवारै नगरका १७ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधीले आआफ्नो वडामा पुगेर पदभार ग्रहण गर्नु भएको छ ।