पेट्रोलियम पदार्थको कर घटाउने सरकारकाे निर्णय

0
Shares

काठमाडौँ।

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा जानकारी दिए ।

कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए ।

यद्यपि कति प्रतिशतले कर घटाउने भन्ने कुरा भने यकीन भइसकेको छैन । हाल सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ ।