काठमाडौँ।
प्रतिनिधि सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन उभिएका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले गरेको टिप्पणीमाथि एमालेले आपत्ति जनाएपछि विवाद शुरु भएको थियो ।
मन्त्री बडुले ओलीले आयल निगम निजीकरण गर्न लागिएको र कमिसनको खेल भएको भनि गरेको टिप्पणीमा जवाफ दिनेक्रममा मन्त्री बडूले ‘साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्ने’ र आफू कमिसनमै रहँदा सत्ता गुमाएको भनि टिप्पणी गरेपछि एमाले नेताहरुले आपत्ति जनाएका थिए।
उनीहरुले प्रमुख प्रतिपक्षी दलका नेतामाथि भएको टिप्पणी संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।
नभए संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन्।











प्रतिक्रिया