तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै उनले आफ्ना एजेण्डालाइ मतदाताले सदर गरेकोमा धन्यबाद समेत दिए । उनले भने –हामीले अब सबैलाइ मिलाएर सबैसँग मिलेर काम गर्छाैं,तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ,यो पुरा गर्छु ।
‘मलाइ आफ्नो मत दिएर जिताउनुहुने सबैप्रति कृतज्ञ छु ,मेरो अभियानमा साथ दिने सबैलाइ एकमुष्ट धन्यबाद दिन चाहन्छु ।’उनले भने ।
शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए ।











प्रतिक्रिया