पदबहालीमा वडाध्यक्ष दामोदार खड्काको भनाई, “जनताको सेवक बन्छु”


ललितपुर ।

ललितपुर महानगरपालिका वडा नं १८ का नवनिर्वाचित वडाअध्यक्ष दामोदर खड्काले पदवहाली गर्नुभएको छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षको रुपमा निर्वाचित खड्कासहित चार जना वडासदस्यले पदबहाली गर्नुभएको हो ।

खड्कासहित ४ जना वडासदस्यहरु रुक्मणी महर्जन, गोपाल डंगोल, राधिका रोक्का र निरज कुँवरलाई वडाका कर्मचारीहरुको स्वागत गनुएभएको थियो । समारोहमा खड्काले जनताको समस्या समाधान गर्नको लागि आफ्नो समय खर्चिने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले लगाउनुभएको ऋण उहाँहरुको सेवा गरेर पूरा गछु । मैले ५ बर्षको समय खेर नफाली वडा नं १८ लाई नमूना वडा बनाउँन हरपल लागिरहन्छु ।”

वडा नं १८ सयौं युवाहरु अझै बेरोजगार रहेकोले बेरोजगारविहिन वडाको रुपमा लैजाने योजना रहेको खड्काले बताउनुभयो । उहाँले अल्पकालिन र दीर्घकालिन योजना निर्माण गरी कार्य गर्ने र विषयगत रुपमा कोष निर्माण गरी उदेश्य प्राप्ति गर्न टिम लाग्ने जानकारी दिनुभयो । समारोहमा कार्यवाहक वडाध्यक्ष रेश्मा थापालाई नवनिर्वाचित वडाध्यक्ष दामोदर खड्काले सम्मान सहित विदाई गर्नुभएको थियो ।