तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाँण निर्वाचित


काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई पछाडि पार्दै जीत हासिल गरेका हुन् ।

विजयीको अन्तिम नतिजा घोषणा हुन बाँकी भए पनि खाँण ८ सय मतले अगाडि छन् भने अझै लगभग ५ सय मत गणना हुन बाँकी छ । यस्तै उपप्रमुखमा नेकपा एमालेकी जगेश्वरी देवी चौधरी विजयी भएकी छिन् । विजयी भएको अन्तिम मत परिणाम भने आउन बाँकी नै छ ।