काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल विजयी



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् ।

निर्वाचन आयोगका अनुसार मतगणना बिहीबार नै सम्पन्न भए पनि अन्तिम मत परिणाम भने शुक्रबार बिहान मात्रै घोषणा गरिनेछ । अन्तिम मत परिणाम अनुसार बालेन साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले नेकपा एसका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।

मेयर पदमा विजयी भएको औपचारिक घोषणा भएपछि बालेनका समर्थकहरुले ‘धन्यवाद र्‍याली’ आयोजना गर्ने भएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहबाट र्‍याली शुरु हुने कार्यक्रम तय भएको छ ।बालेनको जीत सुनिश्चित भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

बालेनको धन्यवाद र्‍याली शनिवार बिहान ६:३० मा सभागृहबाट शुरु भएर-भद्रकाली-त्रिपुरेश्वर – माइतीघर (सर्भिस ट्र्याक दक्षिण)  बबरमहल-बिजुलीबजार (युएन पार्क-कोरिडोर-शान्तिनगर- तिनकुने-कोटेश्वर-जडिबुटी- पेप्सिकोला (फिर्ता) – कोटेश्वर -तिनकुने-सिनामंगल – एयरपोर्ट-तिलगंगा- गौशाला-चावहिल-महाराजगञ्ज-सामाखुसी – नयाँ बसपार्क – बालाजु – स्वयम्भू – सितापाइला – कलंकी – बल्खु – कुलेश्वर – कालीमाटी – टेकु – त्रिपुरेश्वर – सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर ‘धन्यवाद सभा’मा परिणत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्