काठमाडौं महानगरपालिकाका १८ वडामा कांग्रेस, १२ वडामा एमाले विजयी

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० गरी १८ वडामा जितेको छ ।

त्यस्तै नेकपा (एमाले)ले १२ वडाको वडाध्यक्ष पदमा विजयी हासिल गरेको छ । एमालेले वडा नम्बर १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१ र ३२ मा जित हासिल गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १ वटा वडा मात्रै जितेको छ । एकीकृत समाजवादीले वडा नम्बर १५ को वडाध्यक्ष पद जितेको छ ।

महानगरको मत गणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नम्बर १४ को मत गणना भइरहेको छ । काठमाडौं महानगरमा कुल ३२ वडा छन् ।