उपचारको बहानामा होटल लगेर छात्रालाई बलात्कार गर्ने प्रिन्सिपल ५ वर्षपछि प्रहरी नियन्त्रणमा

0
Shares

काठमाडौं । उपचारको बहानामा होटलमा लगेर छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपललाई प्रहरीले ५ वर्षपछि नियन्त्रणमा लिएको छ । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलमा कक्षा ९ मा अध्ययरत छात्रालाई बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई ५ वर्षपछि प्रहरीले नियन्त्रण लिएको हो ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । उनले छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । त्यसपछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।

प्रहरी नियन्त्रणमा रहेका खड्कालाई आजै जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । उनलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।