निजगढ विमानस्थल बनाउने निर्णयमाथि सर्वोच्च बाधक

0
Shares

काठमाडौं । निजगढ विमानस्थल बनाउने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । २ वर्षअघि आनन्द भण्डारीलगायतले दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चले उक्त विमानस्थल बनाउने निर्णय बदर गरेको हो ।

वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।