बालकुमारीबाट पेस्तोलसहित दुई जना पक्राउ

0
Shares

काठमाडौं ।

ललितपुरको बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् ।

उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा  बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।