ललितपुर महानगरपालिका अध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको सपथ

0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाका कार्यपालिकाका सदस्यको हैसियतमा वडा अध्यक्ष र सदस्यले पद तथा गोपनीयताको सपथग्रहण सम्पन्न भएको छ । बिहान ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख चिरिवावु महर्जनले सपथ गराउनुभएको थियो ।

महानगरकोकार्यपालिकामा वडा २९ वडाका अध्यक्ष, निर्वाचित महिला सदस्यबाट ५ र दलित र अप्लसंख्याबाट मनोनित ३ जना गरी ३७ र प्रमुख प्रशासकीय अधिकृत सहित ३८ जनाको कार्यपालिका रहनेछ ।

उर्जा तथा जनश्रोत मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाले स्थानीय तहको निर्वाचनमा विजयी मेयर उपमेयर, वडा अध्यक्ष सहित सबै जन प्रतिनिधिलाई बधाइ दिनुभएको थियो ।

उहाँले ललितपुर महानगरलाई नमुनाको शहर बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । भन्नुभयो–नव निर्वाचित जनप्रतिनिधिले महानगरपालिकालाई थप विकसित बनाउनुहुनेछ । कार्यक्रममा मेयर महर्जनले अब सबै जनप्रतिनिधिकरु स्थानीय जनातको सेवा र वडाको विकासमा लाग्ने अपेक्षा गर्नुभयो ।

उपमेयर मञ्जली शाक्यले ललितपुरलाई एतिहासिक र सांस्कृतिक महानगर बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा पुर्व राज्यमन्त्री एवं नेपाली काग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणा , एमाले केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुसिला नेपाल नेपाली काग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायतको उपस्थिति रहेको थियो ।