किन हुन्छ बलात्कार ?



किन भन्ने प्रश्न यहाँ आफैंमा चुनौतीपूर्ण छ । दैनिक अनेकन समाचारहरू हेर्दै गर्दा आफैंमा प्रश्न गर्न लागेको छु । किन हुन्छ त बलात्कार ?
बलात्कार एउटा यौन हिंसा, मानसिक विचलन र यौन विकृति पनि हो । यसका कारणहरू खोतल्दै गर्दा म कुनै काल खण्डमा नारी पनि उत्तिकै दोषी त छन् भनेर मान्थें । विवेकशील साझा पार्टीकी रन्जु दर्शनाको कुनै एउटा फेसबुक पोस्टमा कमेन्ट गर्दै थिएँ, नारीले गर्ने व्यवहार, फेसन, पहिरन र उसको व्यक्तित्वले पनि पुरुषलाई बलात्कार गर्न प्रोत्साहित बनाउँछ । यो कमेन्टमा अनेकन तर्क वितर्क आए । एक जना पुरुष व्यक्तिले मेरो कमेन्टमा थप्दै भने, बरु म हस्तमैथुन गरेर आफ्नो यौन चाहनालाई पूरा गर्छु तर बलात्कार गर्दिन । तब मेरो दिमाखमा त्यो कुराले नराम्रोसँग हान्यो र सोच्न थालें त्यसो भए किन हुन्छ त बलात्कार ?

कुण्ठा

कुण्ठा यस्तो चिज हो जो एटम बमभन्दा शक्तिशाली र विनासकारी हुन्छ । कुण्ठित इमोसनहरू, भावनाहरू, इच्छाहरू र उच्च अपेक्षा गरिएका कुराहरूलाई दवाएर राख्नले यस्ता घटनाहरू घट्ने गर्छन् । कसैप्रति उच्च आकर्षण, अव्यक्त भावनाहरू र विपरीत मनोवृत्ति ९बततष्तगमभ० ले घटना घट्न मद्दत गर्छ । कतिपय अवस्थामा आफ्नो शरीरिक कमजोरी र विपरीत लिंगप्रतिको उच्च आकर्षणले बलात्कारजस्तो घटना घट्ने गर्छ । आफ्ना भावनाहरूलाई अरुसँग साट्न नसक्नु, आफ्ना इच्छाहरूलाई दवाएर राख्नु र सँगसँगै हाम्रो समाजले विभिन्न अवस्थामा त्यस यौनप्रति चेतनालाई गलत व्याख्या गरिदिनु पनि यसका कारणहरू हुन् ।

 मानसिक विचलन र मानसिक रोग

यो मुख्य कारण हो । कहीँ कसैलाई मानसिक विचलन नभई बलात्कार हुन सक्दैन । अरू जे सुनै कारकतत्व हुन् तर पुरुषको मानसिक विचलन भएको छैन, उसले रिजल्टहरूका बारे सोच्न सक्छ, भने पक्कै पनि बलात्कर हुन्न । मानसिक विचलन नभएका पुरुषले बरू अन्य क्रियाकलापहरू गर्न सक्ला तर बलात्कार गर्दैन । अझै प्रतिशोध, बदला, रिस र आवेगले बलात्कार हुने गर्दछन् । महिलाका विपरीत ब्त्त्क्ष्त्ग्त्भ् ले एसिड आक्रमण, यौन हिंसा र बलात्कार भएको पाइन्छ । त्यसको उपज त मानसिक विचलन नै हो । मान्छे आफैंलाई आफू मानसिक समस्यामा छु भन्ने नै थाहा हुन्न । मानसिक रोगले नै हो बलात्कार बढाउने । के सही र के गलत छुट्याउन नसक्ने अवस्थामा भएका व्यक्तीबाट यस्ता क्रियाकलाप हुने गर्छन् ।

शिक्षा र चेतना

नैतिक शिक्षा, यौन शिक्षा र चेतनाको कमी पनि अर्को कारण हो । हाम्रो समाजले यौन शिक्षालाई प्राथमिकता दिँदैन । जसले गर्दा पनि यौन हिंसा बढेको पाइन्छ । अझै कति ठाउँमा आफ्नै बुबाले आफ्नै छोरीलाई बलात्कार गरेका घटनाहरू बाहिर आउँछन । यसमा चेतनाको कमी देखिन्छ । आफ्नो छोरी हो भन्ने नैतिक चेत नभएका कतिपय मान्छेको नाममा जंगलीहरूले पनि समाजलाई बिटुलो बनाएका छन् ।

 पुरुषत्व

यो शब्दले नै घमण्डको आशय दिन्छ । पुरुष जसले महिलालाई तल नै हुनुपर्ने मनोवृत्तिलाई उच्च बनाउँछ र पत्नीले श्रीमान्लाई आवश्यक परेको बेला जहिले तयार हुनुपर्छ भन्ने हाम्रो समाजको त्यो खालको सोचले गर्दा, हरेक रात श्रीमान्को जबर्जस्तीमा पनि श्रीमतीले त्यसलाई प्रतिकार गर्दिन । यो भनिरहँदा श्रीमतीको इच्छा विपरीत यौन भए बलात्कार मान्ने कि नमान्ने भनेर छुटै विवाद हुन सक्छ । तर चर्चित बलिउड अभिनेता अमिताभ बचनले कुनै एउटा चलचित्रमा भन्छन, ल्इ ःभबलक ल्इ १ू

चमात्कारपछिको बलात्कार

यो फेरि अलि विचित्रको छ । केही समयअगाडि पल शाहको घटनालाई विचार गरांै । सबै समयमा पुरुष नै गलत हुन्छन् भन्ने छैन । कहिलेकाँही केही कुराको उच्च आकांक्षामा स्त्री पनि गलत हुन्छन् । विभिन्न काल खण्डमा स्त्रीले चुकुल लगाए चमत्कार र पुरुषले चुकुल लगाए बलात्कार हुने पनि गर्छ । पहिले समझदारीमा भएको सम्बन्ध पछि कुरामा मतभेद हुँदा बलात्कारमा परिवर्तन भएका घटनाहरू सुन्न र हेर्न पाइनछ । यहा पल शाहको उदाहरण दिँदै गर्दा उनको गल्ती नै छैन भनिएको होइन । कानुनी हिसाबमा उनी गलत नै छन् तर स्त्री पनि उत्तिकै गलत हुन सक्छन् । त्यसलाई नकार्नु हुन्न ।

 प्रलोभन, अवसर

विभिन्न प्रलोभन, परीक्षामा पास हुने प्रलोभन, जागिर वा विभिन्न क्षेत्रमा जस्तै नर्सिङ, पुलिस, सरकारी अफिस, प्रतियोगितामा नाम निक्लने प्रलोभनमा, साथै विभिन्न अवसरका कुराहरूमा पनि महिलाहरू यौन हिंसामा पर्न वाध्य भएका छ । यसमा पनि दुवै गलत हुन पनि सक्छन् । कति वटा अवसरका कुराहरू अवसर प्रदान गर्नेले यसरी गलत तरिकाले लाभ लिइरहेका हुन्छ । त्यस्ता कुराहरूमा सफलता प्राप्त गरे त्यसलाई बिर्सने र असफलता प्राप्त भए प्रतिकार गर्ने चलन छ । यही तत्व चाहिँ गलत छ र यसले यौन हिंसा र बलात्कार बढाएको छ । मिस नेपाल, हिरोइन, म्युजिक भिडियो खेल्ने खेलाउने प्रलोभन र अवसरका कुराहरूमा सम्झौता गर्नाले यस्ता घटनाहरू घटेका छन् । पुरानो चलचित्रकी नायिका शिशा खड्की जसले हिंसालाई सहन सकिनन् र आत्मा हत्या गरिन् । यस्ता उदाहरणहरू प्रशस्त छन् ।

बलात्कृत कानुन

हाम्रो देशको कानुन यति फितलो छ त्यसको कल्पना पनि गर्न सकिन्न । पुरुष प्रधान समाजमा कति घटनाहरू लुकाइन्छ, कति घटनाहरू मिलान हुन्छन् । कति घटना पछि पुरुषले महिलालाई बिहे गर्ने सर्तमा छाडिन्छन् । वास्तवमा हाम्रो कानुन आफैं निचोरिएको छ । बलात्कारीलाई छहारी दिने, संरक्षण गर्ने र आवश्यकतामा परिमार्जित गर्न सकिने, हाम्रो कानुन, आफैंमा बलात्कृत छ जस्तो लाग्छ । र कानुनको बलात्कार गर्ने ती व्यक्ति नै हुन जसले आफ्नो सहजताका निम्ति कानुन बनाउनछ, तोडमोड गर्छन् । निर्मला पन्तको हत्यारालाई अहिलेसम्म सार्वजनिक गर्न नसक्ने तर पैसाले मुख नै बन्द गराउन सक्ने क्षमता भएका व्यक्तिहरूका पकेटभित्रको कानुनले गर्दा पनि बलात्कार बढेको छ । वास्तवमा जन्म कैदभन्दा पनि हदैसम्मको कडा कानुन हुनु पर्ने हो । तर अहिले सडक हदम्याद खारेज गर भन्दै तात्दै छ ।

 सामाजिक सञ्जालले जेलिएको समाज

अहिले विभिन्न प्रकारका सामाजिक सञ्जाल, इन्टरनेटको प्रयोग, अनलाइन डेटिङ, रातमा गरिने अन्तरंग च्याटिङ, साना साना नानीहरूसमेत पोनोग्राफीमा जेलिएका छन् । यो पनि बलात्कारको कारकतत्व हो । सामाजिक सञ्जालले पर पुरुष र पर स्त्रीसँगको सम्बन्ध, यौन हिंसा तथा घरेलु हिंसाहरू बढाएको छ । त्यस्तै पोर्न हेरेर त्यसैअनुसारको इच्छा र अनेकन प्रयोगले पनि ।
 

समाज

समाज,यही समाज हो जहाँ बलात्कार पछि योनीमा अगुल्टाले झोसिन्छ । हुन त अछुतको पनि योनी चाहिँ छुत हुने हाम्रो समाजमा सानै बेलादेखि महिलाहरूमा यौन हिंसा हुने गर्छ । सानैमा सुम्सुम्याउने, चलाउने, चिमोट्ने, जिस्काउने यस्ता क्रियाकलाप आफैंमा यौन हिंसा हो । पुरुष र नारी बिचको विभेद, समाजमा पुरुषले जे नि गरे हुन्छ भन्ने सोचले पनि पुरुषका मनोबल बढाएका छन् । बुबाले छोरीलाई, शिक्षकले विद्यार्र्थीलाई, काका, मामा, दाइ, भाइ, आफ्नै सम्बन्ध र हाड नातामा भएका बलात्कारका घटना थुप्रै सुनिन्छन् । यस्ता घटनाहरूमा खुलेर बोल्न र कुरा गर्न नसक्ने, डर र त्रास, पारिवारिक दबाब, सामाजिक मूल्यमान्यताले यस्ता घट्नाहरूलाई प्रोत्साहन गर्छ । अन्ततः यी सबै कुराको कारकतत्व हाम्रो समाज नै हो । जे हुन्छ समाजमै हुन्छ । सामाजिक रूपान्तरण, कानुन, नैतिक शिक्षा, चेतना, बलात्कार न्यूनीकरणका उपायहरू हुन सक्छन् । बलात्कारका कारकतत्व पुरुष मात्र पनि नहुन सक्छन् भने महिला मात्र पनि नहुन सक्छन् ।त्यसैले पहिले त समाजको मानसिकता परिवर्तन हुन आवश्यक छ । कुण्ठाहरूले विकास गर्ने मानसिक समस्याहरूको सही सल्लाह र उपचार हुन आवश्यक छ । यसका निम्ति यौन शिक्षा र चेतनाका खुल्ला बहसहरू हुनु आवश्यक छ । कडा कानुनको व्यवस्थाले पनि अहिले अवस्था परिवर्तन हुन सक्छ । बलात्कारविरुद्ध आजैबाट आवाज उठाऔँ ।

  • सिमियोन रोक्का

प्रतिक्रिया दिनुहोस्