काठमाडाैं ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ । पार्टीका तर्फबाट जनप्रतिनिधिहरूले गर्ने कामलाई प्रभावकारी बनाउन माओवादीले एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागेको हो ।
पार्टीको केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय भएको नेता हरिबोल गजुरेलले नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले देशैभरका स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीले ७ सय ५३ स्थानीय तहमध्ये १ सय ६ स्थानीय तहमा निर्वाचन जितेको माओवादीले यसपटक १ सय २१ स्थानीय तहमा जित हासिल गरेको छ ।
यसैबीच माओवादीले यही जेठ २० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिनुका साथै पदाधिकारीको समेत टुंगो लगाउन बैठक बोलाइएको नेता गजुरेलले बताउनुभयो ।बैठकमा प्रचण्डले २०७४ सालमा जितेका जनप्रतिनिधि दोहो¥याएर चुनाव लडाउँदा ५० प्रतिशत स्थानीय तह हारेको बताउनुभएको छ ।
उहाँले दोहो-याएर उठेका जनप्रतिनिधि हार्नुको कारण खोज्नु पर्ने जिकिर गर्दै भन्नुभयो– ‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोहो-याएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने थियो तर उल्टै हारियो ।’ प्रचण्डले मधेस प्रदेशमा चुनाव हारेको विषयमा आफू गम्भीर रहेको बताउँदै केन्द्रीय कमिटी बैठकमा निर्ममतापूर्वक चुनावको समीक्षा हुने जानकारी गराउनुभएको थियो ।











प्रतिक्रिया