राजनीतिसँग आवद्ध सरकारी कर्मचारीले तत्काल दल त्याग गर्न निर्देशन

0
Shares

बर्दिया । राजनीतिसँग आवद्ध सरकारी कर्मचारीले दल त्याग गर्न मेयरले निर्देशन दिएका छन् । बर्दिया राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारुले राजनीतिसँग आवद्ध शिक्षक र सरकारी कर्मचारीले ७ दिनभित्रै दल त्याग गर्न निर्देशन दिएका हुन् ।

दलको कार्यकारिणी पदमा रहेका शिक्षक र सरकारी कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेश गर्न मेयर थारुले निर्देशन दिएका छन् ।

राजनीतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनलाई प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न जानकारी गरिन्छ, उनले भनेका छन् ।

दिपेश थारु नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर पदमा विजयी भएका छन् ।