नवनिर्वाचित जनप्रतिनिधिलाई एक हप्ताभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको विशेष सर्कुलर



काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नेकपा (एकीकृत समाजवादी)ले सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । वैशाख १७ गतेभित्रै निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीले निर्देशन दिएको हो ।

आज (बुधबार) बसेको पार्टीको वैठकले आफ्ना जनप्रतिनिधिहरूले आगामी १७ गतेभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्न विशेष सर्कुलर गरेको छ । उनीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजिक गरेको वा नगरेको विषयमा अनुगमन गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

यसका साथै एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिलाई कानुनको अधिनमा रही जनताको कामकारबाही गर्न निर्देशन दिएको छ । जनताको विश्वासलाई शिरोपर गरेर उनीहरूप्रति समर्पित हुन विशेष सर्कुलरमार्फत जानकारी गराइएको छ । यसका साथै उसले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

हेर्नुहोस्, विशेष सर्कुलर :

प्रतिक्रिया दिनुहोस्