२५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध



काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने भएको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने भएको हो ।

२५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्