३ वर्षको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार प्रदान गरिने


चलचित्र पत्रकार संघ नेपालले कोरोनाका कारण स्थगित आफ्नो स्थापना दिवसको दिन जेठ सात गते प्रदान गर्दै आएको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार यस वर्ष प्रदान गर्ने भएको छ।

 

संघका केन्द्रीय अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा शनिबार बसेको बैठकले तीन वर्षको सम्मान र पुरस्कार प्राप्त गर्ने निर्णय गरेको हो।

 

बैठकले वर्ष २०७७ का लागि शान्तिप्रिय र राजन घिमिरेलाई चलचित्र पत्रकारिता सम्मान, दिवाकर मैनाली र आरडी शृंखला (राजन दाहाल) लाई चलचित्र पत्रकारिता पुरस्कार र रिना मोक्तानलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

 

त्यसैगरी, २०७८ सालका लागि सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मान, कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कार, मनोज न्यौपानेलाई प्रोत्साहन पुरस्कार र पोखराका रेम विक (पोखरा) मोफसल पुरस्कार प्रदान गरिने भएको छ।

त्यस्तै, २०७९ सालका लागि राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान, नेमिष गौतम र विष्णुप्रसाद सुवेदीलाई पुरस्कार, उद्धव रसाइलीलाई प्रोत्साहन पुरस्कार र हेटौंडाका श्रीराम अर्जुनलाई मोफसल पुरस्कार प्रदान गरिने भएको छ ।

 

संघका महासचिव समीर बलामीका अनुसार निर्वाचनका कारण जेठ सात गते शुभकामना आदान-प्रदान गर्दै चलचित्र पत्रकारिता दिवस मनाउने तथा अर्को मितिमा सम्मान र पुरस्कार प्रदान गरिनेछ।