देशभर लक्का जवान र षट्कोण


लोकप्रिय हास्यव्यंग्य अभिनेता तथा हास्य सिरियलका निर्देशक शिवहरि पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म लक्का जवान आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउने भएको छ।

पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको फिल्ममा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ भने दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, शिवहरि पौड्याल, किरण केसी, राजाराम पौडेल, नरेन्द्र कंशाकार, देशभक्त खनाल, सुशिल पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल, अनसुया श्रेष्ठ, सविता गुरुङ, अञ्जु महर्जन, रवि डंगोल, मुकुन्द मैनाली, रमेश केसी, धनीराम मुस्कान, मनिषा श्रेष्ठ, विमला गिरी, विनोद केसी, स्वस्तिका लामिछाने, नीरज नेपाल, डोल्मा ह्योल्मो, अनुपमा भण्डारी, ओजश्वी थापा र मदनकृष्ण श्रेष्ठले अभिनय गरेका छन्।

फिल्ममा डीपी खनाल र बाबुल गिरीको गीत, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ।लक्का जवान विशुद्ध अर्गानिक फिल्म भएको शिवहरिले बताए। ‘जुन हाम्रै घर परिवार समाज र माटो सुहाउँदो कथामा निर्मँण भएको छ। फिल्म ८० प्रतिशत हाँसोले भरिएको छ भने बाँकि बीस प्रतिशतले चाहिँ समाजमा साँच्चै यस्तो घटना भए के होला भन्ने सोच दर्शकमा आउने छ’ शिवहरिको भनाइ छ।

आजै, षट्कोण नामक अर्को फिल्म पनि रिलिजमा आउने भएको छ। आजबाटै अर्को फिल्म षट्कोण पनि प्रदर्शनमा आउने भएको छ। साइकोलोजिकल थ्रिलरमा निर्माण भएको फिल्म मिलन डी काप्रीले निर्देशन गरेका हुन्। शिशिर लिम्बु वानेमको कथा र पटकथा तथा महेश दवाडीको संवाद रहेको फिल्ममा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको साथमा बालकलाकार असिम लामाले अभिनय गरेका छन्। फिल्ममा अङ्चेन लामाको छायाकंन, सागर खनाल र मिलन डी काप्रीको सम्पादन रहेको छ।