सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर हटाउन माग



काठमाडौं ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर हटाउन माग गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तरक्रियामा अर्थमन्त्रीलाई सुझाव दिँदै मैनालीले यस्तो व्यवस्थाले सेयर बजार सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

मैनालीले सेयर बजारमा प्रत्यक्ष विदेशी लगानी आवश्यक रहेको पनि बताउनुभयो । विशेष गरी ब्रोकर सेवामा आफूहरू एफडीआई स्वीकार्न तयार रहेको उहाँले बताउनुभयो । मैनालीले मर्जर र एक्विजिसनमा बिलय गर्नेलाई कर लाग्ने र बिलय हुनेलाई किन छुट भन्दै प्रश्न गर्नुभएको थियो ।

महासंघले सोमबार विशेष कार्यक्रम गर्दै बजेटमा सुझाव दिएको हो । सो क्रममा अन्य सराकारवाला संघ संस्थालाई पनि सुझावका लागि आह्वान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्