संगीतमा खुसीको खुराक


गीतकार वीरेन्द्र पाठकका आधा दर्जन गीत रचना संग्रहीत आधुनिक गीति अडियो एलबम खुसीको खुराक राजधानीको इमेज एफएममा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।गीतमा संगीतकार प्राज्ञ सुनील मास्केको संगीत रहेको छ। एल्बम गीतकार पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन वैरागीले सार्वजनिक गरेका हुन्।

एलबममा मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा मनपर्ने मायालाई, राज सिग्देलको स्वर तथा रिकेश गुरुङको संगीत संयोजनमा खुसीको खुराक, विश्व नेपालीको स्वर तथा प्रदीप नेपालीको संगीत संयोजनमा मन पर्ने मायालाई, शिव परियारको स्वर तथा दीक्षित पौडेलको संगीत संयोजनमा कहिले मन प-यो, रचना रिमालको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा आँधीबेहरीले उडायो र सुरेश लामाको स्वर तथा दीक्षित पौडेलको संगीत संयोजनमा केश को-या बोलको गीत छन्।

मिलन नेवारको गीतमा भिडियोसमेत तयार पारिएको छ। युवराज वाइबाको निर्देशन, सञ्चारकर्मी नरेश भद्मराई र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो केही दिनमा सार्वजनिक गरिने जनाइएको छ।