हेटौंडाका हलमा बोर्डको अनुगमन


हेटौंडा ।

चलचित्र विकास बोर्डले जिल्लाका फिल्म हलमा अनुगमन शुरु गरेको छ। बोर्ड सदस्य राज कटुवाल र बक्स अफिस प्राविधिक सुनील नेपालीको टोलीले शनिबार हेटौंडाका दुई सिनेमाघरको अवलोकन तथा अनुगमन गरेका छन्।

बोर्डले काठमाडौंबाट फिल्म हल अनुगमन शुरु गरेसँगै जिल्लामा पनि यसलाई अघि बढाएको हो। आगामी सातादेखि पूर्वी र पश्चिम नेपालका हलमा अनुगमन गर्ने तयारी छ। फिल्म हलमा अनियमितताको गुनासो सुनिएपछि बोर्डले हेटौंडाबाट अनुगमन शुरु गरेको हो।

बोर्डअन्तर्गत् बक्सअफिस समिति संयोजक कटुवाल नेतृत्वको टोलीले हेटौंडाका एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरेको छ।
हेटौंडाका हल अनुगमन गर्दा तथ्यांक बोर्डमा पठाएको नपाइएको, बक्सअफिस र हलको डाटाबीच असमानता भेटिएको तथा नवीकरण

नगरेको पाइएको संयोजक कटुवालले जानकारी गराए।उपत्यकास्थित हलमा पनि पुनः अनुगमन शुरु हुने उनले जानकारी गराए। अनुगमनपछि हल सञ्चालकले कमजोरीलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हलले हिन्दी फिल्मलाई बढी शो दिएर नेपाली फिल्मलाई कम शो दिएको पाइएको उनले जनाए।