साउनमा आँधी तुफान २


कोराना महामारीकै समयमा निर्माण गरिएको फिल्म आँधी तुफान २ आगामी साउन महिनामा रिलिज हुने भएको छ। फिल्म लेखक तथा निर्माता मौनता श्रेष्ठले आँधी तुफानको सफलतापछि निर्माण गरेको यो फिल्मले पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा फिल्म मुख्य कलाकारलाई स्थान दिइएको छ।

सस्पेन्स थ्रिलर फिल्म व्यावसायिक रुपमा निर्माण गरिएको लेखक तथा निर्माता श्रेष्ठले जानकारी गराए। उनका अनुसार लेडिज एक्सन फिल्मले नारी शक्तिको कथा बोल्ने छ। २०६३ सालमा निर्माण भएको सुपरहिट फिल्म आँधी तुफानको सिक्वेल यसपटक मदन घिमिरेले निर्देशन गरेका छन्।

ओम साई भक्त मुभी प्रालिको ब्यानरमा निर्मित फिल्ममा रवि गिरी, पुष्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बिसी, याध्र्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य, बालकलाकार अरुण कालिराज लगायतले अभिनय गरेका छन्।

मौनता श्रेष्ठको कथा, पटकथा र संवाद, हरि उपे्रती र दीपेन्द्र खड्काको गीत, सुरेश अधिकारी र विक्रम थापाको संगीत, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बूको स्वर, कमल राई र अभि वाग्लेको कोरियोग्राफी छ। यसैगरी, फिल्ममा प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, रामशरण उप्रेतीको छायांकन र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ।