शास्त्रीय संगीतका विजेता पुरस्कृत


ललितपुर।

२८औं बाल शास्त्रीय संगीत प्रतिस्पर्धाका विजेतालाई पुरस्कृत गरिएको छ। किराँतेश्वर संगीताश्रमले गायन, तालवादन र सुरवादन विधामा आयोजना गरेको प्रतियोगितामा सुरवादनतर्फ युनिका बज्राचार्य (पाटनकी पूर्वकुमारी) प्रथम, रुपक महर्जन द्वितीय र जोया महर्जन तृतीय भएका छन्।

त्यस्तै तालवादनतर्फ विपुल खतिवडा प्रथम, सत्कार थापा द्वितीय र आर्जन डंगोल तृतीय भएका छन् भने प्रहर्ष महर्जन सान्त्वना भएका छन्।गायनतर्फ क्रमशः श्रीया त्रिपाठी, रोचक लामिछाने र बाटिका विजुक्छे प्रथम, द्वितीय र तृतीय भएको छन। प्रतियोगिताको निर्णायक मण्डलमा विष्णु आचार्य, श्रीकेसी, मनोज गौतम र रुपा न्यौपाने थिए।

संगीताश्रमले बालबालिका प्रतिभा प्रस्फुटन गराउन हरेक वर्ष संगीताश्रमले प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताका सहभागीहरुलाई वँद्य गुरु शैलेन्द्र शाक्यले प्रशिक्षण दिएका थिए।