षट्कोणको रहस्य


आगामी बैशाख २३ गतेबाट नपालभर प्रदर्शनमा आउने फिल्म षट्कोणको रहस्य बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ।

युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतमा बिषेश पाण्डेले संगीत दिएका छन्। सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ।मिलन डि काप्रिको डेब्यु निर्देशनमा साइकोलोजिकल थ्रिलर कथामा बनेको फिल्ममा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिएका छन्।

क्लेमेन्टाइन प्रोडक्सन र टझाभलर्स क्रिउ फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा कर्मा र भोलाराज सापकोटाका अलावा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामालगायतले अभिनय रहेका छन्। फिल्ममा शिशिर लिम्बु वानेमको कथा र पटकथा, महेश दवाडीको संवाद, आध्र्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिको सम्पादन रहेको छ।