नेप्से परिसूचक पहिरो जाने क्रम जारी



काठमाडौं ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १५ दशमलव २ अंकले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०दशमलव ९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ७४ अंकले घटेर ४५२ दशमलव ९५ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ ।

कुल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता सेयर एक अर्ब चार करोड ६० लाख १४ हजार ४१७ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ७२ अर्ब ७२ करोड ९५ लाख ७० हजार हाराहारीमा ओर्लेको छ ।नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ ।

उत्पादन १६ दशमलव ४३ र सामूहिक लगानी कोष ० दशमलव २५ अङ्कले उकालो लागेको छ । त्यस्तै, बैंकिङ ५ दशमलव १३, व्यापार १० दशमलव ५९, होटल तथा पर्यटन ३ दशमलव ७१, विकास बैंक ४२ दशमलव ०१, जलविद्युत् ४० दशमलव ५, वित्त १७ दशमलव ६४, निर्जीवन बिमा १०० दशमलव १६, अन्य ११ दशमलव ३६, लघुवित्त १३ दशमलव ५९, जीवन बिमा ९५ दशमलव ८५ र लगानी १ दशमलव १ अंकले ओरालो लागेको छ ।कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ । सो बैंकको चार करोड २१ लाख ८२ हजार बराबरको कारोबार भयो । त्यस्तै, अपि पावर कम्पनी चार करोड छ लाख ६२ हजार ६४८, नेस्डो समृद्ध लघुवित्त तीन करोड पाँच लाख ५५ हजार ६०९, अरुण भ्याली हाइड्रोपावर दुई करोड ९२ लाख ५९ हजार ७०७ र हिमालयन डिस्टिलरी दुई करोड ८५ लाख ५३ हजार ४६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले कमाए । घटेको बजारमा सो कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । एनआईबीएल समृद्धि फन्ड दोस्रो ५ दशमलव ०६, किसान लघुवित्त ४ दशमलव ०२, एनआइबीएल प्रगति फन्ड ३ दशमलव ६७ र मेगा म्युचुअल फन्ड एकका लगानीकर्ताले ३ दशमलव ३४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन पावर पार्टनर ५ दशमलव ४१, मल्टिप्रपोज फाइनान्स ४ दशमलव २, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४ दशमलव २, माहुली लघुवित्त ३ दशमलव ७३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्