सौगात मन्त्रले उत्साहित


अभिनेता सौगात मल्ल लामो समयपछि रिलिजमा आउने आफ्नो फिल्म मन्त्रलाई लिएर उत्साहित छन्। मौलिक कथामा बनेको फिल्म भएकाले मन्त्रलाई लिएर उत्साहित छु।

विशेष गरेर मन परेको मान्छेलाई छोपेर बिहे गर्ने परम्परागत चलनको यो कथा रुचिकर छु सौगातको भनाइ छ ञनेपाली संस्कृति र परम्परासँग पनि जोडिएको यो विषय आम नेपाली दर्शकका नौलोसँगै निकै रोचक हुनेछ। उनको यो फिल्मी मन्त्र पर्सी शुक्रबारबाट प्रदर्शन हुँदैछ।

यो एउटा अग्र्यानिक फिल्म बनेकाले पनि दर्शकका लागि नौलो विषय हुनेछ। मैले पोस्ट प्रोडक्सनको क्रममा यो फिल्म दुईपटक हेरिसकेको छु। फिल्म राम्रो बनेकाले कन्फिडेन्ट छुु सौगात भन्छन्। फिल्मले हिमाली भेगको कथा भनेको छ। त्यसैले, यसलाई हिमाली प्रेमकथा भनिएको छ। दिया पुन, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेको फिल्ममा सौगात गोठालोको भूमिकामा छन्।

हिमाली भेगको चिसोमा बसेर फिल्मको सुटिध्र गर्नु सजिलो काम थिएन। तर, सौगातका लागि भने यो कठिन कार्य भएन। किनभने चिसो मौसममा उनी रमाउँछन्। त्यसैले, मनास्लु हिमाल आसपास छायांकन गर्दा पनि उनलाई कठिनाइ महशुस भएन। सौगातले मन्त्रको छायाँकन शुरु हुनु केही दिनअघि नै मनास्लु आसपास पुगेर त्यहाँको रहनसहन निगरानी गरेका थिए। स्थानीयहरुसँग संगत गरेर सिकेका कुराले आफूलाई सोहीअनुरुप प्रस्तुत गर्न सहज भएको उनको भनाइ छ।यसअघि, सौगातले कागबेनीमा पनि हिमाली भेगमै छायांकन सकाएका थिए।मन्त्रलाई आफूले अहिले गरिरहेकाभन्दा भिन्न कथाको फिल्म मानेका छन् उनले।

उनी फिल्मले कसैलाई पनि निराश नबनाउने बताउँछन्।सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न भने कठिन भएको उनको अनुभव छ।खिलबहादुर गुरुङ निर्देशित फिल्म सुरेश कार्की, रविराज कार्की र शुभ श्रेष्ठ निर्माणमा बनेको छ भने देवेन्द मानन्धर कार्यकारी निर्माता रहेका छन्। मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्ममा परिच्छेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि.गुरुङको सम्पादन रहेको छ।