सरोज र सीतारामको पीडा


गायक, संगीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाको स्वर र संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ।

पीडा बोलको गीत सीताराम कोइरालाको शब्द रचना तथा राजेन्द्र बजगाईंको संगीत संयोजनमा तयार भएको छ। गीतमाथि कथानक शैलीले भिडियो पनि बनाइएको छ। ऋषि बराल श्रीजन को निर्देशनमा निर्मित भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री जेविका कार्कीका साथमा सवीन दाहाल र भावना दाहालले अभिनय गरेका छन्।

काभ्रेको भकुण्डेबेसी र पातले वरपरको रमणीय स्थानमा छायांकन भएको भिडियोमा माया प्रेममा भएका उतारचढाव देखाइएको छ। भिडियोमा सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ।