उम्मेदवार कलाकार


स्थानीय तहको निर्वाचनमा कलाकारहरुले पनि उम्मेदवारी दिएका छन्। आइतबार र सोमबार कलाकारहरुले विभिन्न पदमा उम्मेदवारी दिएका छन् भने कतिपय कलाकर्मी आफ्नो पक्षका उम्मदेवारलाई भोट माग्न व्यस्त देखिएका छन्। ड्डयापर तथा इन्जिनियर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

आइतबार घोषणापत्र सार्वजनिक गरेसँगै उनलाई केही कलाकर्मीले खुलेरै समर्थन गरिरहेका छन्। बालेनले शिक्षा, स्वास्थ्य, खेलकुद, आइडिया बैंक, पूर्वाधार, यातायात, खानेपानी, महिला तथा बालबालिका, पर्यटन वातावरण, कृषि सम्पदा, संस्कृतिलगायत विषयमा २८ बुँदे घोषणापत्र प्रस्तुत गरेका छन् । अभिनेत्रीहरु स्वस्तिमा खड्का, प्रियंका कार्की, कलाकार तथा क्याप्टेन विजय लामा, निर्मल शर्मँ, निर्माताहरु सन्तोष सेन, माधव वाग्लेलगायतले उनको खुलेरै समर्थन गरिरहेका छन्।

त्यस्तै, मिस नेवाः २०११ सुुनिता डंगोलले नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन्। शुरुमा आठ बुँदे घोषणापत्रसहित स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी डंगोलले नेकपा एमालेबाट उपमेयरको लागि सिफारिस भएपछि आफ्नो लागि पदभन्दा लक्ष्य ठूलो भन्दै नेकपा एमालेबाट उपमेयरमा उम्मेदवार दिएकी हुन्। ञवास्तवमा मेरो उद्देश्य काठमाडौंलाई सा∫स्कृतिक नगर तथा राजधानी शहरको रुपमा साँच्चिकैको काठमाडौं बनाउने होु उम्मेदवारी दर्तापछि उनले भनिन्।

त्यस्तै, पाच दशकयता कलाकारिता गर्दै आएका अभिनेता तथा रंगकर्मी मदनदास श्रेष्ठले राप्रपाबाट मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं कलाकार रवीन्द्र खड्काले एमालेबाट पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे पनि पार्टीले टिकट नदिएका कारण आफूले उम्मेद्वारी फिर्ता लिएको जनाएका छन्। त्यस्तै, नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले नेपाली कांग्रेसबाट काठमाडौं वडा नं २१ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। यस्तै, लोकगायक टंक तिमल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाका लागि स्वतन्त्र रुपमा मेयर पदमा उम्मेद्वारी दिएका छन्।