नेवार सुन्दरीको ट्यालेन्ट शो

0
Shares

आगामी वैशाख १८ गते राजधानीमा हुने १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का प्रतिस्पर्धी नेवार सुन्दरीहरुले भक्तपुरमा आयोजित यूएफओ ट्यालेन्ट शोमा सहभागी आ-आफ्ना प्रतिभा प्रदर्शन गरेका छन्।

एनटीसी मिस नेवाः नेपाल ११४२ अन्तर्गत भक्तपुरको सूर्यविनायकस्थित होटल भादगाउँमा सम्पन्न ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरुले मिस ट्यालेन्ट उप उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्रममा गायन, नृत्य, वक्तृत्वकला, वासुरी वादन, आँखामा पद्मी बाँधेर धिमे बाजा बादन, सिलाइ+बुनाइ लगायतका आफ्ना विशेष कला र प्रतिभा प्रदर्शन गरी आफ्ना अभिभावक तथा निर्णायकको मन जित्ने प्रयास गरेका थिए। ट्यालेन्ट शोबाट मिस ट्यालेन्ट चयन गरिने र विजेताको नाम अन्तिम प्रतिस्पर्धाको क्राउनिध्र समारोहमा घोषणा गरिने मिस आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्यको प्रमुख आतिथ्यता तथा नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा नेपाल क्योकुसिन सेइसिन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, एनआरएन युकेका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठ, गायक प्रवेशमान शाक्य, बक्सिध्र एसोसिएसनको अध्यक्ष राम अवाले र पूर्व मिस नेवाः एञ्जल श्रेष्ठ निर्णायक रहेका थिए।नेवार समुदायका सुन्दरीहरुबीचको यो प्रतिस्पर्धामा १९ नेवार सुन्दरीबीच अन्तिम स्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक हेमा मानन्धरले जानकारी गराएकी छन्।

त्यसैगरी, फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फस्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा हुनेछ भने प्रतियोगीहरुलाई पूर्व मिस नेवा: तथा नेकपा (एमाले) को तर्पmबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनीता डंगोलले नेपाल भाषा लिपिबारे ज्ञान दिएकी छन्।