सकियो ग्रामीण फिल्म महोत्सव


गोरखाको दुर्गम मानिने लाप्राकमा तीन दिने नेपाल ग्रामीण फिल्म महोत्सव सम्पन्न भएको छ।सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका+४ लाप्राकमा सम्पन्न महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, छोटा फिल्म र फिचर फिल्मसमेत गरी १६ फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए।

महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरिएको छ। जसमा भाषाभाषी विधामा प्रितम गुरुध्र निर्देशित तथा आइतराम गुरुध्र निर्मित गुरुध्र फिल्म फुङलाई अवार्ड प्रदान गरिएको छ। त्यस्तै, डकुमेन्ट्री विधामा भीमलाल श्रेष्ठ निर्देशित मकै विवाहले अवार्ड प्राप्त गड्डयो भने छोटो फिल्म विधामा केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले अवार्ड चुम्यो।

सर्वोकृष्ट अभिनेतामा चिसो आत्माबाट प्रवीण खतिवडा र अभिनेत्रीतर्फ मौन प्रतिशोधबाट शारदा अधिकारीले अवार्ड प्राप्त गरे। उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशित टुल्कीले अवार्ड प्राप्त गड्डयो भने स्क्रिन प्लेतर्फ टुल्कीबाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ टिस्टापारीको साइनोबाट खिलबहादुर गुरुध्र र सिन सुमेश श्रेष्ठ निर्देशित छोटो फिल्म मौन प्रतिशोधलाई जुरी अवार्ड प्रदान गरियो।चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सह+आयोजक भ्वाइस अफ नेपाल म्युजिक इन्डस्टिझज रहेको थियो।