मौलिक कथामा मन्त्र


कोरोना जोखिमका कारण लामो समयसम्म रिलिज हुनबाट वञ्चित नेपाली फिल्म जोखिम न्यून भएसँगै धमाधम प्रदर्शनमा आउन थालेका छन्।

यसै क्रममा सौगात मल्ल, बुद्धि तामाध्र र दीया पुन स्टारर फिल्म मन्त्र आगामी शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। फिल्म मौलिक कथामा बनेकाले दर्शकले रुचाउने निर्माण समूहले विश्वास व्यक्त गरेको छ।

फिल्मको हालै सेन्सर पास भएको छ। सेन्सरले यो फिल्मलाई सबै उमेर र वर्गका मानिसले हेर्न मिल्नेगरी युनिभर्सल सर्टिफिकेट दिएको छ। खिलबहादुर गुरुध्रको निर्देशन रहेको फिल्म हिमाली प्रेमकथामा आधारित छ। सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठद्वारा निर्मित फिल्म मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको छ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा नमिता तामाध्र, पासाध्र टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ।परिक्षित सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनील निउरे र स्वयं सेनको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि.गुरुध्रको सम्पादन छ।