मदनकृष्णलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

0
Shares

पेज थ्री पाक्षिक पत्रिकाको आयोजनामा पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२ हालै राजधानीको राष्टिझय सभागृहमा सम्पन्न भएको छ।

नेपाल भाषाका सगीत, म्युजिक भिडियो र फिल्म क्षेत्रका ४६ विधामा अवार्ड प्रदान गरिएको समारोहमा ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। कार्यक्रममा ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्यले दोसल्ला ओढाएर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लाइफटाइम सम्मान पत्र प्रदान गरेर मदनकृष्णलाई सम्मान गरेका थिए।

त्यस्तै, गीतकार वि. नन्द वैद्य, संगीतकर्मी निर्मलरत्न शाक्य, कलाकार अन्नपूर्णेश्वरी श्रेष्ठ र इमर्ज ब्यान्डलाई जुरी अवार्डबाट पुरस्कृत गरिएको छ। संगीततर्फ महेशराज थापा (गन वने त्यना) र स्वस्ती महर्जन (वेनगु हे खः सा) गायन, विजेन्द्र चवाल (जीवनया छुं ई) र पूर्णिमा शाक्य (सु यात कने) उदयीमान गायक गायिका, आधुनिक गीततर्फ उत्तम महर्जन (मफूत म्वाये) र रत्नशोभा महर्जन (छु जुल रे) गायन, लसता जोशी र प्रवेशमान शाक्य (छन्त खनेवं) युगल गायन, प्रतिमा बज्राचार्य र रत्नसम्भव शाक्य (छ वःगु खनेवं) आधुनिक युगल गीत, एरोन महर्जन (यो मां) बाल गीत, टंकराज शाक्य (बुद्ध लुमना वइ) भजन, जीउ ज्यान प्राण (जितेन शाक्य) समूह गीत र मन (हरिराम महर्जन थेच्वः) उत्कृष्ट एल्बम अवार्ड विजेता भए।

यसैगरी, रामेश्वर मिश्रण श्रेष्ठ (ल्वहं खः कि व) रचना, राजकुमार मानन्धर (हर्कनारां साहु) संगीत, भुवन महर्जन (यो मां) आधुनिक संगीत, जीवित जल्मि (छलयाना जुसां ज्यू) संगीत संयोजन, यल्लो अर्बिट (ओ मैंचा) आधुनिक संगीत संयोजन अवार्ड विजेता भए।

समारोहमा घोषकले उत्कृष्ट फिल्मको अवार्ड पायो भने सोही फिल्मबाट किशोर चिपालुल अभिनेता, पल्पसा डंगोलले सह–नायिका, राजेन्द्रमान शाक्य खलनायक, अञ्जली शाक्यले उदीयमान महिला कलाकार, र अमृतचन्द्र श्रेष्ठले निर्देशकको अवार्ड चुमे। त्यसैगरी, जामनः गुभाजुबाट सुशील राजोपाध्याय पटकथा, भवानी शिलाकारले छायांकनको अवार्ड उचाले भने आसकुतिबाट निशिला शाक्यले कोरियोग्राफर, भूमिकामा पूर्णकाजी ज्यापू (हिसिमति) ले पुरुष कलाकार, अन्नु महर्जन (वसन्त ऋतु) ले महिला कलाकार, मनोजरत्न शाही (वायादुने जाकि दु) सम्पादन र यादव दास (भोछिभोय लमि) ले संवादको अवार्ड पाए।