लाप्राकमा ग्रामीण फिल्म महोत्सव शुरू


गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा सेलिब्रेटी नेपालको आयोजनामा मंगलबार नेपाल ग्रामीण फिल्म महोत्सव शुरु भएको छ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुध्रले लाप्राकमा महोत्सव गरिएको खुसी व्यक्त गर्दै यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे।

स्थानीय व्यवस्थापक राज गुरुङको सभापतित्वमा सम्पन्न शुभारम्भ समारोहमा राज सागरको समूहले नेपाली फिल्मका गीतमा प्रस्तुति दिएका थिए भने गुरुध्र फिल्म फुङबाट महोत्सव शुरु गरिएको थियो। सोही अवसरमा स्थानीयसँग ग्रामीण फिल्मसम्बन्धी अन्तरक्र्रियासमेत गरिएको छ।

आज बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषाका अन्य सांस्कृतिक फिल्म, वृत्तचित्र, छोटो फिल्म र फिचर फिल्मसमेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए।