विन्ध्यवासिनी म्युजिक अवार्डमा बल्दो मैनबत्ती सर्वोत्कृष्ट

विश्वलाई लाईफटाइम र तारालाई साधना सम्मान



जय गीत जय संगीतको नारासहित बार्हौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ हालै राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा रुपमा सम्पन्न भएको छ। गीत संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न समारोहमा गीतकार बिश्व बल्लभ नगद एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

गीत संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा गायिका तारा थापा नगद ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मानबाट सम्मानित भएकी छन्। त्यसैगरि जनही २५ हजार रुपियाँसहित गायक अजर जंगम प्रेमध्वज संगीत रत्न सम्मान र पत्रकार स्याम स्मृत विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।

समारोहमा दुर्गालाल श्रेष्ठको बल्दो मैन बत्ती सर्वोत्कृष्ट गीत बनेको छ भने धुरुरु बोलको गीतबाट बादल थापा सुगम संगीतर्फ सर्वोत्कृष्ट गायक तथा गायिका समिक्षा अधिकारी सर्वोत्कृष्ट गायिका भएका छन्। तिम्रा यादहरूबाट थानेश्वर गौतम संगीतकार र जीवन बिश्वकर्मा गीतकार, सुटुक्कैबाट सुनीता बस्नेत थापा महिला गीतकार, पीरती बस्यो नी सानु बोलको गीतबाट देवेन्द्र पाण्डे म्युजिक भिडियो निर्देशक, भयो त भयोबाट सुरज कुमार थापा पप गायक, खुशी दिनेबाट दिक्पाल कार्की र अनु शाह पप तथा आधुनिक म्युजिक भिडियो मोडल, खुसी दिनेबाट प्रमित लामिछाने पप तथा आधुनिकतर्फको नवप्रतिभा, ऐलानबाट सरोज कोइराला र मेलीना राई यूगल गायन विधाको अवार्ड विजेता भए।

लोक दोहोरीतर्फ भने कुरा बुझ्नपर्छबाट प्रकाश सपुत लोकदोहोरी गीत र मेरो पनि हैन र यो देशबाट राष्टिझय भावनाले ओतप्रोत गीतको अवार्ड विजेता भए भने सनीसारबाट कुशल बेल्बासे लोक दोहोरी गायक तथा शिसीर पौडेल र सारिका केसी लोक तथा दोहोरी मोडल, बिश्वास नेपाल संगीत संयोजनको अवार्ड विजेता भए।

त्यस्तै हातैका पौजालेबाट शान्तिश्री परीयार गायिका, बर्बादीबाट ऋषि खड्का लोकदोहोरी भाका, फलाम पिटे तरबारबाट भागीरथ चलाउने रचना, यादबाट स्मृती तिमल्सिना (गुरुआमा) म्यूजिक भिडियो निर्देशक, उखु गुलियोबाट जानुका तामाध्र नवप्रतिभाको अवार्ड चुमे।

त्यसै गरी पागलबाट मधुर बस्नेतले भिडियो छायांकार तथा सुर्ती माड्दा माड्दैबाट दीपक बिष्टले भिडियो सम्पादकको अवार्ड चुमे। समारोहमा भूमिका गिरीले पपूलर अवार्डलाई आफ्नो बनाइन् भने अस्टझेलियाका पुरण प्रधानले अन्तराष्ट्रिय संगीत सम्मान, ध्रुवप्रसाद अम्गाईले पब्लीक च्वाईस अवार्ड चुम्दा जुरीतर्फ लाबोनि चक्रवोर्ती गायन, बबिता श्रेष्ठ मलेक म्युजिक भिडियो, एलिना रायमाझी अभिनय, सुरज पण्डित संगीत, बालक गुरुङ गीत विधाको अवार्ड विजेता बने।

समारोहमा गायकहरु सुमन कुमार श्रेष्ठ, सरोज कोईराला, थानेश्वर गौतमलगायतले गीत प्रस्तुत गरेका थिए भने बिनु शाक्यले बेली डान्स तथा स्मृती तिमल्सिना गु्रुआमा, काजीश श्रेष्ठ तथा समूहले नृत्य प्रश्तुत गरेका थिए। त्यस्तै सुमन स्मारिकाले गजल वाचन गरेर मनोरञ्जन प्रदान गरेकी थिइन्। समारोहमा बोल्दै अवार्डको आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले विभिन्न बाधा, अड्चन र प्रहारका बीच अग्रजको सम्मान र अनुजको प्रोत्साहनका लागि अवार्डलाई निरन्तरता दिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्