नेपाली फिल्ममाथि प्रहार भइरहेको छ: दयाराम दाहाल



चलचित्र विकास बोर्डको आयोजनामा आईतवार राष्ट्रपति भवन, शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोहमा विभिन्न कलाकर्मी तथा प्राविधिक सम्मानित र पुरस्कृत भएका छन्।

समारोहमा बोर्डका अध्यक्ष दयाराम दाहालले आफ्नो कार्यकालभरी बोर्डमा रहेर गरेका कार्यको चर्चा गर्दै कोभिड १९ पछि सिनेमा घर सञ्चालन तथा फिल्म निर्माण सुचारु गर्नु आफ्नो प्रमुख काम रहेको बताए। उनले नेपाली फिल्ममाथि भएको प्रहारलाई रोक्नुपर्नेमा पनि जोड दिए। ‘अहिले राष्ट्रिय चलचित्रमाथि निरन्तर प्रहार भइरहेको छ। यसलाई कुनै पनि हालतमा रोक्नुपर्छ। यसमा प्रदर्शन, वितरण र निर्माणमा संलग्न महानुभावहरुको इमान्दारिता र सहयोगको खाँचो छ।

निर्माता, कलाकार, वितरक, प्रदर्शक र प्राविधिक हामी सबै नेपाली हौँ र राष्टिझय चलचित्र उत्थनका लागि हामी सबैको प्रयास नेपाली मर्मअनुसार हुनुपर्छ। बोर्डलाई सबै पक्षको सहयोग आवश्यक छ’ दाहालले भने । बोर्डका सदस्य सचिव टंकबहादुर महतले नेपाली फिल्मका विभिन्न विधामा योगदान दिने श्रष्टालाई गरिएको सम्मान कोसेढुंगा सावित हुने चर्चा गरे भने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फिल्म निर्माणलाई मर्यादित बनाउन तथा बजारीकरण र समयसापेक्ष तथा मौलिक र यथार्थपरक फिल्म निर्माणमा सहजीकरण गर्न तत्परता व्यक्त गरे।

राष्ट्रपति भण्डारीले फिल्म उद्योगको उन्नयन, समयअनुकूल नीति निर्माणका लागि बोर्डले खेल्दै आएको भूमिका सह्रानीय भएको बताइन्। ‘चलचित्र वर्तमान यथार्थ चित्रण गर्ने माध्यम हो। यस कारण चलचित्रले स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्दछ भने भावी पुस्तामा संस्कृति हस्तान्तरण, सार्वभौमसत्ताको स्थायित्व तथा संस्कृतिको संरक्षण तथा स्वस्थ समाज निर्माणमा महङ्कवपूर्ण भूमिका खेल्नुपर्दछ’ राष्ट्रपति भण्डारीले भनिन्।

प्रतिक्रिया दिनुहोस्