पत्रकार गिरी र कलाकर्मीलाई योगदान सम्मान



चलचित्र विकास बोर्डको आयोजनामा आईतवार राष्ट्रपति भवन, शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोहमा विभिन्न कलाकर्मी तथा प्राविधिक सम्मानित र पुरस्कृत भएका छन्। हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाका कारण गत २०७६ / ०७७ मा हुन नसकेपछि दुवै वर्षको पुरस्कार तथा सम्मान आइतबार प्रदान गरिएको हो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मी र प्राविधिकलाई सम्मान र पुरस्कार प्रदान गरेकी थिइन्।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामार्फत फिल्म क्षेत्रमा योगदान पुर्याउने कलाकर्मी तथा पत्रकारलाई विशेष योगदान सम्मान प्रदान गरिन्।

सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीसहित अभिनेता राजेश हमाल, सौगात मल्ल, अभिनेत्रीहरु चैत्यदेवी सिंह, गौरी मल्ल, शर्मिला मल्ल, निर्देशक शम्भु प्रधान, मदन घिमिरे, दीपाश्री निरौला, कलाकार रविन्द्र खड्का, रविन्द्र झा, निर्माता निर्देशक उदय सुब्बा, निर्माताहरु नवल खड्का, सुशिल पोखरेल, शर्मिला पाण्डे, अर्जुन कुमार डंगोल, चिरञ्जीवी बस्नेत, गीतकार शंकरप्रसाद कोइराला, गायक राजेशपायल राइ, संगीतकार सुरेशचन्द्र अधिकारी, गायिका लक्ष्मी आचार्य, छायाँकार राजु विक्रम थापा, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशक एनबी महर्जन, मेकअप म्यान सन्तु तामाङ, प्राविधिक पुष्कर लामा, वितरक गोपालकाजी कायस्थ, प्रदर्शक अर्जुन श्रेष्ठ र निर्माता तथा कलाकार सुशान्तकुमार श्रेष्ठ विशेष योगदान सम्मानबाट सम्मानित भए।

त्यसै गरी, फिल्म सम्पदा संरक्षणमा योगदान गरेवापत बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईं, गिरिश शर्मा, प्रभाकर भद्मराई र निर्मला चौलागाईंलाई सम्मानित गरियो भने बोर्डका विभिन्न कर्मचारीलाई पुरस्कार प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्