दीपक र सुरक्षा उत्कृष्ट

0
Shares

चलचित्र विकास बोर्डको आयोजनामा आईतवार राष्ट्रपति भवन, शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोहमा विभिन्न कलाकर्मी तथा प्राविधिक सम्मानित र पुरस्कृत भएका छन्।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाका कारण गत २०७६ / ०७७ मा हुन नसकेपछि दुवै वर्षको पुरस्कार तथा सम्मान आइतबार प्रदान गरिएको हो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मी र प्राविधिकलाई सम्मान र पुरस्कार प्रदान गरेकी थिइन्।

समारोहमा २०७६ र २०७७ मा प्रदर्शन भएका फिल्ममध्येबाट विभिन्न विधामा जनही नगद २५ हजार, प्रमाण पत्र र टझफीसहित राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरियो। समारोहमा फिल्म आमाले उत्कृष्ट फिल्मको अवार्ड चुमेको छ भने निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री सुरक्षा पन्त यसै फिल्मबाट भए ।

त्यस्तै, छ माया छपक्कैबाट दीपकराज गिरीले अभिनेता र हरि हुमागाईंले छायांकनको अवार्ड चुम्दा जीवन काँडा की फूलबाट अवस्था थापाले प्रोत्साहन जुरी पुरस्कार, रातो टिका निधारमाबाट अंकित शर्माले नव प्रवेशी, जात्रै जात्राबाट प्रदीप भद्मराईले कथा, पटकथा र सम्वाद तथा कबड्डी कबड्डी कबड्डीबाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले सम्पादनको अवार्डलाई आफ्नो बनाए।

त्यसैगरी, आदिवासी, जनजाति एवं विभिन्न मातृभाषीको अवार्ड विधामा गुरुङ भाषाको फिल्म पचे गोरे (गोरे बाजे) उत्कृष्ट भयो । त्यस्तै, २०७६ को विशेष चलचित्र पुरस्कारस्वरुप आमाकी निर्मात्री शर्मिला पाण्डे, निर्देशक दिपेन्द्र के.खनाल, गुरुङ भाषाको फिल्म मि न्होर्बै टबाट आश बहादुर गुरुङ र नालापानीका लागि रिमेश अधिकारी पुरस्कृत भए भने ०७७ को विशेष चलचित्र अन्तरगत सरिता – टेल मी हु आई एम उमेर ११ वर्षबाट रविन आचार्य सम्मानित भए ।