घटना परिघटना


कात्तिक ५ गते पूर्व युवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी टझस्टले राजधानीको सोल्टिमोडस्थित सोल्टी होटलमा तिहार र छठको अवसरमा सेलिब्रेटीहरुलाई निम्तो गर्दै चियापान समारोहको आयोजना गड्डयो। जहाँ पूरानादेखि नयाँ पुस्तासम्मका कलाकार पूर्व राजपरिवारका साथ कुराकानी र तस्वीर खिचाउँदै रमाइरहेका देखिए।

चैत्र पहिलो साता घुमघामका लागि अमेरिका गएकी अभिनेत्री वर्षा शिवाकोटी पहिरनका कारण एकसाथ चर्चा र विवादमा आइन्। फ्लोरिडाको समून्द्री तटमा घूमघामको क्रममा बिकनीमा खिचेका तस्बिर सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामार्फत सेयर गरेकी उनले तीव्र नकारात्मक प्रतिक्रियापछि हटाइन्।स्थानीय चूनाव नजिकिँदै गर्दा केही चर्चित कलाकार विभिन्न पार्टीमा प्रवेश गरेर र विभिन्न पदमा उम्मेदवारी दिएर चर्चामा आए।

मंसीरमा सम्पन्न राष्टिझय प्रजातन्त्र पार्टीको महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा कून्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भइन्। पछि उनलाई सो पार्टीले केन्द्रिय सदस्यमा मनोनित गड्डयो।रेखाले जाजरकोटका ४० वर्र्षीय बलराम शाही ठकूरीसँग काठमाडौं जिल्ला अदालत पूगेर खूसूक्क कोर्ट म्यारिज गरेको खबर पनि सोही समयतिर बाहिरियो।

कक्षा १२ को परीक्षामा ४१ जीपीएससहित उत्तीर्ण भएकी अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर चैत्र ८ गते राजधानीमा आयोजित कार्यक्रममा एमाले पार्टीमा प्रवेश गरिन््। चैत १४ गते कपिलवस्तूमा आयोजित आमसभामा आफ्नो न्वारनको नाम सूर्यकूमारी भएको बताएपछि धेरैले उनलाई सामाजिक सञ्जालमा टझोल बनाए।गीतकार, गायक, संगीतकार, एवं जयनन्द लामाको अचानक निधन भयो।गायक प्रकाश सपूतले गीत निकालेकै कारण माओवादी केन्द्रको धम्की र गाली व्यहोर्नूपड्डयो। सपूतको गीतिकथा पिर सार्वजनिक भएको केही समयमै टझेन्डिध्र नम्बर एकमा परेसँगै माओवादी द्वन्द्वकालमा लडाइ लडेको महिलालाई त्यसको भिडियोमा देह व्यापारीका रुपमा चित्रण गरिएका कारण विवाद भएपछि प्रकाशले सो दृश्य हटाएर यूट्यूबमा पूनः अपलोड गरे।

नायक तथा मोडल पल शाह यस वर्ष समाजसेवाका कारण निकै चर्चामा रहे। तर वर्षको अन्ततिर आएर उनलाई एक नाबालिग गायिकालाई करणी गरेको अभियोग लाग्यो। सो अभियोगमा तनहूँ जिल्ला अदालत र नवलपूर जिल्ला अदालतले पूर्पक्षका लागि थूनामा पठाउने आदेश दिएपछि पल हाल तनहुँ कारागारमा छन्। उनले तारेखमा रिहाइ पाउनका लागि उच्च अदालत पोखरामा निवेदन दिएपछि मूद्दा प्रक्रियामा गएको छ।