कलाकर्मीलाई कोरोना


यस वर्ष केही कलाकारले कोरोना संक्रमण झेल्नुपड्डर्यो भने केही कलाकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाए।

अभिनेत्री केकी अधिकारीलाई पहिलो पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखियो भने तेस्रो परिक्षणमा संक्रमणमूक्त देखियो। ख्याति प्राप्त हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई कोरोनाविरुद्वको खोप कोभिशिल्डको पहिलो डोज लिए पनि संक्रमण भयो। उनी ललितपूरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भई कोभिडलाई जितेर घर फर्किए।

उनका कलाकार छोरा यमन श्रेष्ठ, गायिका छोरी सरना श्रेष्ठलगायत परिवारका सम्पूर्ण सदस्यलाई कारोना संक्रमण भएको थियो। अशोक शर्मालगायतका थूप्रै कलाकारलाई पनि कोरोना संक्रमण भयो। कोरोना संक्रमणबाट फिल्म निर्देशक, लेखक, गीतकार तथा खेलाडी चेतन कार्की, गायक तथा संगीतकार स्वयम्भूराज शाक्य, नयाँ राष्टझगानका समूह गायकमध्येका एक तथा स्थापित भजन गायक अजय थापा, लेखक, निर्देशक तथा अभिनेता विशारद बस्नेत र छायाँकार तथा निर्माता भीम रानाको निधन भयो।

लोकप्रिय हास्य अभिनेत्री पल्पसा डंगोल (चम्सुरी) को गत फागून २५ गते मृगौला प्रत्यारोपण भयो। भाइ अज्जू डंगोलले आफ्नो एक मिर्गौला दिएपछि महाराजगञ्जस्थित त्रिभूवन शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको हो।